Logo

प्रमुख समाचार

अमेरिकाबाट आइपुग्यो फाइजर खोप



काठमाडौं । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको फाइजर खोप आइपुगेको छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ । अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  १० : ३२ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।