Logo

बैंकिंग

सिभिल बैंकले लियो ‘किसान समृद्धि योजना’ कृषकको बचत तथा कर्जाको लागि यस्ता छन् सहुलियत



सिभिल बैंकले किसान समृद्धि कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । किसानहरुको समृद्धि तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुकोलागि बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो । 

कृषकले आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था सहित कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी यो सेवा सञ्चालन गरेको बैंकले जनाएो छ ।

बैकका अनुसार यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध हुनेछ । 

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको वचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ ।

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुबिधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशीका अनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो ।

बैंकले हाल ११४ वटा शाखा तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवा काउन्टर मार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : ५२ बजे