Logo

बैंकिङ

सांग्रिला बैंकले ग्राहकहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान गर्ने  



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । योजनाा अनुसार बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट गर्ने भएको हो । 

उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा भने लागु हुने छैन । 

 

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  १२ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।