मंगलबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । सोमबार २ सय रुपैयाँले घटेको सुन मंगलबार पुनः ३ सय रुपैयाँले ओरालो लाग्दै छापावाल सुन ८६ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन पनि सोमबार २ सय रुपैयाँले घटेको थियो । मंगलबार भने ३ सय रुपैयाँले ओरालो लाग्दै ८६ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी पनि १० रुपैयाँले घटेको छ । सोमबार २० रुपैयाँले घटेको चाँदी मंगलबार १० रुपैयाँले ओरालो लाग्दै १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





















प्रतिक्रिया