उपत्यकाबाट बाहिरिने नाकामा तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना अनुरुप तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।
मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।
यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । १६ र १७ गते दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । भेरोसिल र एस्ट्राजेनेका खोप निःशुल्क लगाइने मन्त्रालयले जनाएको छ ।
कोरोनविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री विरोध खतिवडाको निर्देशनमा नाकाहरुमा खोप केन्द्र संचालन गरिएको हो । खोप केन्द्रको स्थलगत निरिक्षणका लागि मन्त्री खतिवडा भोली बिहान जाने कार्यक्रम रहेको बुझिएको छ ।




















प्रतिक्रिया