Logo

बैंकिङ

बैंक खातामा पर्याप्त रकम नभई झुक्काउन खोज्ने पक्राउ



नेपाल प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उच्च अदालत पाटनको २०७७ फागुन १७ को फैसलाबाट छ दिन कैद र रु १९ लाख ९० हजार जरिवाना ठहर भएपछि फरार रहेका काठमाडौँ जोरपाटीका ४० वर्षीय बुद्धिबहादुर तामाङलाई आज पक्राउ गरेको हो । 
 
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा जरिवाना गरेपछि फरार रहेका तामाङलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर बैकिङ कसुर जन्य अपराध गरेका थिए । फैसला कार्यान्वयनका लागि पक्राउ तामाङलाई काठमाडौँ जिल्ला अदालत पेस गरेको प्रहरीले जनाएको छ । उच्च अदालतले बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम सजाय गरेको थियो 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार २०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।