धनुषा पुगेर गृहमन्त्री बालकृष्ण खाण एमाले बिरुद्द खनिएका छन् ।
गृहमन्त्री खाणले प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताए । केही बेरअघि जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् ।
धनुषा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेको टिप्पणी गरे ।
मन्त्री खाणले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्छ । हामी चाहन्छौं न्यायपालिकाको विवाद छिटो अन्त्य होस् ।’
गृहमन्त्रीको स्वागतमा विमानस्थल वरपर कार्यकर्ताको भीड लागेको थियो । कार्यकर्ताको भीडले बजार क्षेत्र केहीबेर अस्तव्यस्त बन्यो । सो क्रममा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको थियो ।





















प्रतिक्रिया