Logo

कर्पोरेट फोकस

हिमालयन एयरलाइन्सले पायो ‘स्व ग्राउण्ड ह्याडलिङ’को अनुमति



हिमालय एयरलाइन्सलाई स्व ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएको छ । नागरिक उड्ययन प्राधिकरणले एयरलाइन्सलाई आज अनुमति दिएको हो । तिब्बत एयरलाइन्ससँगको साझेदारीमा नेपालमा सञ्चालित उक्त एयरलाइन्सलाई प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयले असोज ४ गते आफैंले ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने अनुमति दिइएको हो ।

तिब्बत एयरलाइन्समा नेपालको यति समूहको साझेदारीमा हिमालय एयरलाइन्स स्थापना भएको हो । वर्तमान सरकारलाई यति समूहसँगको निकटताका आधारमा नेपाल वायु सेवा निगमको व्यवसाय खोसेर हिमालय एयरलाइन्सलाई दिएको आरोप पनि लागिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजहरुको ग्राउण्ड ह्याण्डलिङको काम राष्ट्रिय ध्वजाबहाक सञ्चालन गर्ने नेपाल वायु सेवा निगमको आम्दानीको एउटा प्रमुख स्रोत हो । नगद प्रवाहको अभाव भैरहेको बेला निगमको व्यवसाय खोसिएको भनेपनि वास्तविकता भने त्यस्तो होइन । अहिले पनि त्रिभुवन विमानस्थलमा थाइ एयरवेज र एयर इण्डिया आफैंले ग्राउण्ड ह्याण्डलिङको काम गर्छन् । ‘हिमालय एयरलाइन्सले पनि आफ्नो ग्राउण्ड ह्याण्डलिङको काम आफैंले गर्ने अनुमति पाएको हो’, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरलले भने, ‘स्वदेशी विमान कम्पनीले आफैंले ग्राउण्ड ह्याण्डलिङ गर्न खोज्दा निगमको भाग खोसेको भन्न मिल्दैन ।’

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  २ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।