Logo

प्रमुख समाचार

प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको निगरानीमा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ । शनिबार महोत्तरीको रामगापालपुर नगरपालिकामा पार्टीले आयोजना गर्न गर्न लागेको कार्यक्रममा सहभागी हुन जान लागेका प्रचण्डको स्वास्थ्यमा अचानक समस्या आएपछि हाल उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

चिकित्सकले आराम गर्न सल्लाह दिएपछि प्रचण्ड हाल महोत्तरी जाने कार्यक्रम स्थगित गरेर खुमलटारमा आराम गरिरहेको उनको सचिवालयका एक सदस्यले बताए । प्रचण्ड सहभागी नहुने भएपछि पार्टीले आयोजना गरेको आजको सम्पूर्ण कार्यक्रम समेत स्थगित गर्नु परेको माओवादी केन्द्र महोत्तरीका जिल्ला अध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १२:०६   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।