Logo

बैंकिंग

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्दै



नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९ वर्ष अवधिको लागि ऋणपत्र २०८६‘घ’ प्रक्रियाद्धारा निकाल्न लागेको हो । सोही ऋणपत्र असोज ११ गतेदिन अपरान्ह ३ बजे सम्म बोलकबोल हुनेछ । इच्छुक व्यक्तिले सोही दिन सम्म बोलकबोल पेस गरिसक्नुपर्ने छ ।

ब्याज अर्धवार्षिक रुपमा आर्जित ब्याजमा ब्याजकर लाग्ने छ भने साँवा भुक्तानी २०८६ सालको असोज १२ गते हुने बैंकले जनाएको छ ।

ऋणपत्र प्रतिस्पर्धी तथा अप्रतिस्प्रर्धी बोलकबोलबाट जारी हुने छ । प्रतिस्पर्धीबाट निष्काशित रकमको ८५ प्रतिशत अर्थात रु.१७ अर्ब र अप्रतिस्पर्दाबाट निष्काशित रकमको १५ प्रतिशत अर्थात ३ अर्व छुट्याइएको छ । 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : २३ बजे