महालक्ष्मी विकास बैंक लि.ले सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरेको छ । बैकिङ्ग सेवाको पहुँच विस्तार गर्दै जाँदा बैंकले आश्विन ०९ गते शुक्रबारदेखि गोलबजारमा शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।
बैंकले हाल १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
प्रतिक्रिया