काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य केन्द्रको उद्घाटन गर्न जाने भएपछि नगरपालिकाका ७ वटा वडाहरुमा सार्वजनिक बिदा दिईएको छ । प्रचण्डले विभिन्न वडाहरुमा निर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्ने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको हो ।
मंगलबार साँझ नगरपालिकाका प्रमुख अशोककुमार मण्डलले एक विज्ञप्ति जारी गरी बुधबार प्रचण्डले स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न लागेका वडाहरुमा सार्वजनिक बिदा दिने उल्लेख गरेका छन् । बुधबार सार्वजनिक बिदा दिएका नगरपालिकाका वडाहरुमा वडा नं. २, ३, ४, ६, ७, ८ र ९ गरी ७ वटा वडाहरु रहेका छन् ।






















प्रतिक्रिया