धेरै जसो मानिसहरुलाई चिसोको एलर्जि हुने गर्छ । जाडो महिनामा मानिस चिसोबाट बच्नका लागी अनेक उपायहरु अपनाई रहेका हुन्छन् । तपाई पनि चिसो बाट कसरी बच्ने भनेर चिन्तित हुनुहुन्छ अब चिन्ता नगर्नुस चिसोबाट बच्न निम्न खाने कुराको प्रयोग गर्नुस् ।
१ .बदाम
जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ । स्मरण शक्ति बढाउन पनि मद्दत गर्दछ ।
२ .तील
तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ ।
३. दालचीनी
दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।
४ .लसुन
लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्दछ ।
५. अदुवा
अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।




















प्रतिक्रिया