Logo

अन्तर्राष्ट्रिय

क्यानाडामा संकटकाल घोषणा



काठमाडौं । क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो ।

कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो । आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।