काठमाडौं । कवि अनिता अधिकारीको पहिलो कविताकृति ‘समय संकेत’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रमका भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्याय तथा गजलकार ज्ञानुवाकर पौडेलले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गरे ।
‘समय संकेत’ को प्रकाशन टेका समूह नेपालले गरेको हो ।
कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले कवि अनिता अधिकारीको काव्यकारिताका विषयमा बोले । उनले कवि अधिकारीका कविता वर्तमान समयको यथार्थ प्रतिविम्बन भएको, लेखाइमा प्राङ्गारिकता रहेका र कवितामा आध्यात्म झल्किएको बताए ।
विमोचित कवितासंग्रह ‘समय संकेत’का बारेमा कवि गंगा पौडेलले समीक्षात्मक टिप्पणी राखेकी थिइन् । मुकुन्दशरण उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनिता अधिकारीले पनि बोलेकी थिइन् ।
















प्रतिक्रिया