Logo

बैंकिङ

राष्ट्र बैंकले आज ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै 



नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठानका लागि ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले यसअघि बिक्री गरिसकेका बिलको म्याद समाप्त भएकाले नवीकरण गर्न लागेको केन्द्रीय बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक नेपाली नागरिक तथा बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्स खरीदका लागि सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् भने चैत्र १७ गते, मंगलबार बिल जारी हुनेछ ।

केन्द्रीय बैंकका अनुसार ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनको अवधिको, १० करोड रूपैयाँ बराबरको ९१ दिनको अवधिको र ३ अर्ब रूपैयाँ बराबरको१८२ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

२८ दिनको अवधिको ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते, ९१ दिनको अवधिको ट्रेजरी बिल २०७८ साल असार १५ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १३:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।