Logo

प्रमुख समाचार

३ सय ८५ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

१२ हजार ६ सय ९७ जनाको नमुना संकलन गर्दा ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ६७ र २ हजार ७ सय ७६ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५८ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय पुगेको छ भने सक्रिय संक्रमित ७ हजार २ सय ६९ जना रहेका छन् ।

७१ हजार ४ सय ८३ जनाले काेराेनाा विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  ४ : ४३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।