नेपाली कांग्रेसकी केन्द्रीय सदस्य माननीय डा.डिला संग्रौलाको ‘कांग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । मंसिर आठ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा डा. संग्रौलाको ‘कांग्रेसको अबको बाटो’ पुस्तकको लोकापर्ण भएको हो ।

पुस्तकमा देउवाले बिपी र गणेशमानजस्ता कांग्रसका नेताले देशलाई अहिलेको स्थानमा ल्याएको चर्चा गर्दै अब नेपाली कांग्रेसले बिपी र गणेशमानकै बाटोमा अबको पुस्तालाई डो¥याएर, सधैं नेपाली कांग्रेसलाई नम्बर वन पार्टी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा लेखिका डा. संग्रौलाले कांगेस के थियो, कस्तो छ, भविष्यमा कस्तो पार्टी बनाउने, र देश निमार्णमा नेपाली कांग्रेसको भूमिकाबारे व्याख्या गरिन् ।

















प्रतिक्रिया