Logo

समाचार

३ सय ३२ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

९ हजार ९ सय २० जनाको नमुना संकलन गर्दा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ५ र २ हजार २ सय ३० जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ३२ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १३ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ३ सय ६९ जना रहेका छन् ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ५ : ०९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।