Logo

विज्ञान पत्रकार मञ्चको अध्यक्षमा खनाल 



नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मेरो लगानी डटकमका सम्पादक राजेन्द्र खनाल चयन भएका छन् । मञ्चको राजधानीमा सम्पन्‍न सातौं साधारणसभाले खनालको नेतृत्वमा सर्वसम्मत रुपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

समितिको उपाध्यक्षमा राजन पोखरेल ९द हिमालयन टाइम्स०, सचिवमा गोविन्द पोखरेल ९कान्तिपुर० र कोषाध्यक्षमा दीपा अधिकारी चुनिएका छन् । सदस्यहरुमा मधुसुधन गुरागाईं ९काभ्रेन्युज डटकम० , बालिका मादेन ९रेडियो नेपाल० र बुनु थारु ९कान्तिपुर० रहेका छन् । मञ्चको सल्लाहकारमा संस्थापक अध्यक्ष छत्र कार्की र निवर्तमान अध्यक्ष लक्षमण डंगोल रहेका छन् । 

नेपालमा विज्ञान पत्रकारिता प्रवर्द्धनका लागि २०७० सालमा गठन भएको नेपाल विज्ञान पत्रकार मञ्च ९एनएफएसजे० क्यानाडास्थित विश्व विज्ञान पत्रकार महासंघसाग आबद्ध छ । 

नवगठित समितिका अध्यक्ष खनालले विज्ञान लेखन र पत्रकारितालाई समाजसँग जोड्न आफूले यथाशक्य भूमिका निर्वाह गर्ने बताए । एनएफएसजेलाई विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकारहरुको फोरमका रुपमा विकास गरी तथ्यपरक र सबैले बुझ्न सकिने विज्ञान समाचार लेखनलाई प्रवर्द्धन गरिनेछ,’ खनालले भने ।  निर्वतमान अध्यक्ष डंगोलले नवगठित समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  १ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।