Logo

समाचार

नेपालमा आज ३ सय ८ जनामा कोरोना संक्रमित थप, ३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय ८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

८ हजार ९ सय ९ जनाको नमुना संकलन गर्दा ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ८१ र १ हजार ८ सय ५ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ९८ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १६ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ३ सय ४९ जना रहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ५४ बजे