बिहीबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । बुधबार तोलामा ४ सय रुपैयाँले घटेको सुन बिहीबार ९ सय रुपैयाँले उकालो लागेको छ । बिहीबार छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरकेको छ ।
एक कारोबार दिन अगाडी बुधबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तोजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर ८६ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।





















प्रतिक्रिया