Logo

सूचना/प्रविधि

नेपालमा फोरजी ग्राहकहरु आक्रमक रुपमा थपिँदै, कुन टिलिकमको प्रयोगकर्ता कति ?



माघमा सबै दूरसञ्चार कम्पनीहरुले आफ्नो फोरजी ग्राहक थपेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमले फोरजी ग्राहक थपेका हुन्। 

निजी क्षेत्रको ठूलो सेवाप्रदायक एनसेलले सबैभन्दा बढी फोरजी ग्राहक थपेको छ। पुसको तुलनामा माघमा एनसेलले दुई लाख ३९ हजार ७ सय ९७ नयाँ ग्राहक थपेको छ। माघमा एनसेलको फोरजी ग्राहक संख्या ४३ लाख २५ हजार ९३६ पुगेको छ । 

नेपाल टेलिकमले पनि फोरजी ग्राहक आक्रमक रुपमा थप गरेको छ । माघमा एक लाख ६१ हजार ४६८ ग्राहक थपेर टेलिकमले २५ लाख ४४ हजार ७२४ पुर्याएको छ । 

यस्तै, स्मार्ट टेलिकमले पनि फोरजी ग्राहक संख्या थपेको छ। पुसमा दुई लाख १९ हजार ७०८ ग्राहक रहेको स्मार्टसँग माघमा दुई लाख २२ हजार १४५ पुगेको प्राधिकरणले जनाएको छ ।

माघमा थ्रीजी ग्राहकहरु टेलिकमको बढी छ। टेलिकमका थ्रीजी ग्राहक ८८ लाख ६० हजार ३२२ र एनसेलको २४ लाख ९१ हजार ६५३ रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।