Logo

बैंकिङ

शुक्रबार डलर स्थीर रहँदा अन्य मुद्रामा सामान्य घटबढ, कस्तो छ आजको विनिमयदर



नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । बिहीबार पनि एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रीदर ११७ रुपैयाँ ७२ पैसामै कारोबार भएको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३७ रुपैयाँ ०४ पैसा र विक्रीदर १३७ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ । बिहीबार एक यूरोको खरिददर १३६ रुपैयाँ ७८ पैसा र विक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र विक्रदर १६१ रुपैयाँ ४७ पैसा रहेको छ । बिहीबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र विक्रदर १६१ रुपैयाँ ५६ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३८७ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०९ रुपैयाँ ४६ पैसा र विक्रीदर ३११ रुपैयाँ ०५ पैसा तोकेको छ ।  

Capture.JPG

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।