Logo

समाचार

आज थप १ जनाकाे मृत्यु,२५९ नयाँ संक्रमित



नेपालमा आज थप १ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा ९ हजार ८ सय ८८ जनाको नमूना परीक्षण गर्दा २ सय ५९ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गदा २ सय ४३ जना र २ हजार ६ सय ५७ एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा २ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन १ जना संक्रमिले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ४४ हजार ५ सय ३४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ०१ बजे