Logo

नेपाली सेनाका सहसेनानीको कुटाइबाट सिपाही सख्त घाइते



शान्ति मिसनमा गएका नेपाली सेनाका सहसेनानीको कुटाइबाट एक सिपाही सख्त घाइते भएका छन् । सहसेनानीत्रय इन्द्र थापा, सुभाष हुमागाईं र योगेन्द्र धितालले निर्घात कुटपिट गर्दा सैनिक तथा जवान नायक नवराज माझी सख्त घाइते भएका हुन् ।

माझीको फिला, तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ । उनले आफ्नै हाकिमबाट दैनिक कुटाइ खाने गरेको पनि बताएका छन् । दैनिक हुने निर्घात् कुटपिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पीडितहरूले बताएका छन् ।

11.JPG

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : १८ बजे