Logo

उद्योग

एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेपछि बसेरा बुटिक होटललाई दुई लाख जरिवाना



काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा उपभोक्ता संरक्षण ऐनविपरीत काम गर्ने काठमाडौं र ललितपुरका विभिन्न व्यवसायलाई जरिवाना गरेको छ।

विभागले बुधबार १९ वटा फर्मको अनुगमन गर्दा ३ वटालाई नगद जरिवाना र १६ वटालाई सामान्य निर्देशन दिएको हो। अनुगमनमा काठमाडौं महानगर २६ त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटल प्रा.लि. (केशर क्याफे)लाई जरिवाना गरिएको छ।

विभागका अनुसार उक्त क्याफेले एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भन्दै दुई लाख जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) विपरीत अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि जरिवाना गरिएको हो।

त्यसैगरी, कानुनबमोजिम खरिद बिल नराखी व्यवसाय सञ्चालन गर्ने अन्य दुई पसल पनि जरिवानामा परेका छन्। काठमाडौंको पुरानो बानेश्वरस्थित केएबि स्टोरलाई  १० हजार र ललितपुरको पुल्चोकस्थित मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

प्रकाशित मिति : १० असार २०८३, बुधबार १८:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।