Logo

समाचार

आज थप २ जनाकाे मृत्यु,२५५ नयाँ संक्रमित



नेपालमा आज थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गदा २ सय ४५ जना र २ हजार १ सय ४० एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा २ सय ५६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन २ जना संक्रमिले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ६ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् भने २ लाख ११ हजार ५ सय ५३ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १७:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।