Logo

अन्तर्राष्ट्रिय

बिरामीको गलत खुट्टा काट्ने डाक्टरलाई तिराइयो ३ हजार बढी डलर जरिवाना



युरोपेली मुलुक अस्ट्रियाको एउटा अदालतले बिरामीको गलत खुट्टा काट्ने डाक्टरलाई तीन लाख ६६ हजार रुपैयाँ (३०६० अमेरिकी डलर) जरिवाना तिराएको छ।

लिन्जस्थित उक्त अदालतका प्रवक्ताका अनुसार ४३ वर्षीया ती सर्जनले गत मेमा एक जना वृद्ध बिरामीको गलत खुट्टा काटेकी थिइन्। ती बिरामीको बाँया खुट्टा काट्नु पर्नेमा दायाँ खुट्टा काटिएको थियो।

समाचार संस्था एएफपीका अनुसार ती बिरामीको अर्को खुट्टाको अपरेसन भएको कुरा दुई दिनपछि मात्रै डाक्टरहरूले थाहा पाएका थिए।

नाम नखुलाइएकी ती सर्जनले मानवीय त्रुटीका कारण त्यस्तो हुन पुगेको बताएकी छन्। गलत खुट्टाको अपरेशन भएका ती वृद्धको अदालतमा मुद्दा पर्नुअघि नै मृत्यु भइसकेको छ।

अदालतले उनकी श्रीमतीलाई पाँच हजार युरो क्षतिपूर्ति दिलाएको छ।

अस्पतालले दुर्भाग्यपूर्ण परिस्थितिका कारण यस्तो गल्ती भएको बताएको छ। अस्पतालका निर्देशकले पत्रकार सम्मेलन गरेर माफी मागेका छन्।एजेन्सी

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ४ : ०० बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।