Logo

समाचार

नेपालमा आज थप ६ जनाकाे मृत्यु,३१५ नयाँ संक्रमित



नेपालमा आज थप ६ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयाेगशालामा ११ हजार ४ सय ३ जनाको नमूना परीक्षण गर्दा ३ सय १५ जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गदा २ सय ९८ जना र १ हजार ८ सय ९२ एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेकाे २४ घन्टामा २ सय १ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन ६ जना संक्रमिले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ७ हजार ४५ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ४१ हजार ५ सय ५७ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ३३ बजे