Logo

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन



भारतमा एकैदिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो । अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ । एजेन्सी

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  १२ : २९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।