नेपालमा आज थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयाेगशालामा ११ हजार ८ सय १० जनाको नमूना परीक्षण गर्दा ३ सय ५ जना संक्रमित थप भएका हुन् ।
मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गदा २ सय ७२ र २ हजार ४ सय २४ जनाकाे एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेकाे २४ घन्टामा ३ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । काेराेना विरुद्धकाे खाेप १ लाख २७ हजार ७ सय ५३ जनाले लगाएका छन् ।





















प्रतिक्रिया