लालबन्दी । नेपाली कांग्रेसका सांसद अमरेश सिंह महाधिवेशन प्रतिनिधिमा भारी मतान्तरले पराजित भएका छन् । सर्लाही ४ मा हिजाे सम्पन्न निर्वाचनमा सिंहकाे लज्जास्पद हार भएकाे हाे ।
निर्वाचित हुनेहरूले ५ सय बढी मत पाउँदा सिंहले जम्मा २४८ मत मात्र पाएका छन् । सिंहकै अवराेधका कारण सर्लाहीमा निर्वाचन पटक पटक सरेकाे थियाे । विवादका कारण गाेलीसमेत चलेकाे थियाे ।
सर्लाही ४ मा प्रदेश सासद एवं प्रदेश २ का मन्त्र सुरेन्द्रकुमार सिंहले प्यानलै जिताएका छन् । याे परिणामसँगै मधेसकाे काेटाबाट सहमहामन्त्री लड्ने सिंहकाे याेजनामा धक्का पुगेकाे छ ।





















प्रतिक्रिया