Logo

बैंकिङ

बुधबार पनि अधिकांश प्रमुख विदेशी मुद्राको भाउमा बढोत्तरीे, कस्तो छ आजको विनिमयदर ?



नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ २० पैसा र विक्रीदर ११७ रुपैयाँ ८० पैसा तोकेको छ । अघिल्लो कारोबार दिन मंगलबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र विक्रीदर ११७ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र विक्रीदर १३९ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ । मंगलबार एक यूरोको खरिददर १३७ रुपैयाँ ४१ पैसा र विक्रीदर १३८ रुपैयाँ १२ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र विक्रदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ । मंगलबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६२ रुपैयाँ १३ पैसा र विक्रदर १६२ रुपैयाँ ९६ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ८७ पैसा र विक्रीदर ३८९ रुपैयाँ ८६ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३१० रुपैयाँ ८५ पैसा र विक्रीदर ३१२ रुपैयाँ ४४ पैसा तोकेको छ ।

Capture.JPG 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।