नेपालमा आज वितेको २४ घण्टामा ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ३६ जनाको नमूना परीक्षण गर्दा ३ सय ४१ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ४ सय १६ जनाको पीसीआर परीक्षण गदा ३ सय १३ र २ हजार ८ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा ३ सय ७६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार ८ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप १ लाख ८७ हजार ६ सय ६४ जनाले लगाएका छन् ।





















प्रतिक्रिया