Logo

प्रमुख समाचार

कांग्रेस महाधिवेशन, ९ बजेसम्म मतदान हुने



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । मतदान बेलुका ९ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ । बिहान साडे ११ बजेबाट सुरू भएको मतदानमा बेलुका ५ बजे सम्म २२ सय जनाले मतदान गरेका छन् । बेलुका ९ बजेसम्म मतदान गर्दा पनि मतदान सकिने नसकिने अनुमान गर्न सकिएको छैन् । विहान ७ बजे देखि प्रतिनिधिहरु मतदान गर्न लाइनमा उभिएका छन् ।कांग्रेसले पुरानो मतदान प्रणाली अपनाउदा मतदानमा ढिलाई भएको हो ।

मतदान स्थलमा उम्मेदवारहरु मत माग्न व्यस्त भएका छन् । प्रतिनिधिहरु विहान लाइनमा बस्दा व्यवस्थित देखिएको थियो भने दिन ढल्किदै जाँदा लाइन नै तितरवितर भएको छ । निर्वाचन समितिले निर्वाचन व्यवस्थित तरिकाले गर्न नसकेको भनेर प्रतिनिधिहरुले गुनासो पोखिरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १७:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।