Logo

गण्डकी प्रदेश

प्रदेश २ र गण्डकीमा विमलेन्द्र निधिलाई १६६ मत



कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको जारी मतगणनाअन्तर्गत प्रदेश २ र गण्डकी प्रदेशको मतगणना सकिएको छ । हाँल १२७५ मत गणना गर्दा विमलेन्द्र निधिले जम्मा १६६ मत मात्रै पाएका छन् । निधिले आफ्नै क्षेत्रमा कमजोर मत पाएका हुन् ।

त्यस्तै, शेरबहादुर देउवाले ५८१, शेखर कोइरालाले ४४२, प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन् । प्रदेश २ र गण्डकीबाट त्यस्तै ३२ मत बदर भएको छ ।

अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ८ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।