Logo

प्रमुख समाचार

प्रदेश २ : प्रदेशसभाको आठाैँ अधिवेशनबाट आजबाट, दुई अध्यादेश पेस गरिँदै



प्रदेश २ को प्रदेश सभाको आठाैँ अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ ।

२२ असोजमा साताैँ अधिवेशन सम्पन्न भएपछि बुधबार आठाैँ अधिवेशनको पहिलो बैठक बस्दै छ ।  तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडाैँमा रहने भएकाले बुधबारको बैठक प्रभावित हुने भएको छ । 

प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ । तर, सत्तारुढ दल कांग्रेसका सासदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुने सक्ने प्रदेश सभा सचिवायले जनाएको छ । 

 आठाैँ अधिवेशनको पहिलो वैठक भएकोले सासदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए । 
 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १२:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।