Logo

अन्तर्राष्ट्रिय

कतारमा तलब नपाएका ३६ नेपाली कामदारलाई खाद्यान्न सहयोग



दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले तलब नपाएर अलपत्र परेका नेपाली श्रमिकलाई खाद्यान्न सहयोग गरेको छ।

कतारको सनैयास्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा २ महिनासम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपाली कामदारलाई एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको एनआरएन कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए ।

नेपालस्थित ओसो रिक्युटिङ्ग म्यानपावरमार्फत उनीहरू कतार पुगेका थिए । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका द्दितिय उपाध्यक्ष एवं श्रमिक बिभागका संयोजक प्रेम चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौँ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ कतारले कतारमा कोही पनि नेपाली खाद्यान्नको समस्या वा अन्य कुनै समस्या भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ०७:२७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।