सरकारले कोरोना भाइरस नियन्त्रणका लागि पछिल्लो समय निषेधाज्ञा जारी गरेको भएपनि आन्तरिक राजस्व विभागले भने कर तिर्न आग्रह गरेको छ । यद्यपी, लकडाउन समयमा कर नलिन सर्बोच्च अदालतले फैसला गरेको थियो ।
आन्तरिक राजस्व विभागले भने लकडाउन नभएको कारण करदाताले बुझाउनुपर्ने कर २५ भित्र तिर्न आग्रह गरेको छ । साउनमा व्यवसायीले बिक्री गरेर उपभोक्ताबाट उठाएको भ्याट रकम अनलाइन मार्फत बुझाउन सकिने हुँदा म्याद थप नहुँने राजस्व कार्यालयले जनाएको छ ।
असार मसान्तको तुलनामा साउनमा बिक्री त्यती ठूलो मात्रामा नभएको र केही वस्तुको बिक्री भएपनि बिल मात्र काटिएको र पैसा नउठेको स्थिती रहेको बताउँदै व्यवसायीहरु म्याद थप्न माग गरका हुन् ।
नेपाल चेम्बर अफ कमर्शले भने अर्थमन्त्रालयका राजस्व सचिवलाई पत्र लेखेर कर तिर्ने समय पर सार्न अनुरोध गरेको छ । निषेधाज्ञाको समयमा कर तिर्न सम्भव नभएको भन्दै यसलाई पर सार्न चेम्बरले अनुरोध गरेको हो ।
सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत अहिले देशमा ७० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञाको नाममा लकडाउनलागु गरेको छ । निषेधाज्ञामा पनि लकडाउनमा जस्तो सर्वसाधारणलाई घरबाट बाहिर जान अनुमति छैन । यस्तो अवस्थामा भदौ २५ भित्र सरकारलाई बुझाउनुपर्ने भ्याट तथा अन्तशुल्क बुझाउनुपर्ने हुन्छ ।




















प्रतिक्रिया