अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख २५ हजार ८ सय ३८ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार २ सय ९४ जनाको मृत्यु भएको छ ।
गत डिसेम्बर १७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले डिसेम्बर १८ शनिबारका दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ४ हजार २ सय ६६ जनाको निधन भएको छ भने दैनिक औसतमा १५ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।
यसै गरी गत शुक्रबारका दिन सम्म कूल ५ करोड ६ लाख ६३ हजार २ सय १७ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ६८ हजार ६ सय ५९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १८ प्रतिसत वृद्धि भएको छ ।
यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ७२.५ प्रतिशत पुगेको छ ।
अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४. ८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२.३ प्रतिशतले लगाई सकेका छन् ।
यसैगरी १२ बर्ष माथिका उमेरकाले ७०.६ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६५.२ प्रतिशत पूर्ण खोप लगाई सकेका छन ।
त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.४ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।





















प्रतिक्रिया