Logo

प्रमुख समाचार

कैलालीमा एक युवकको घाटी रेटेर हत्या



धनगढी । कैलालीमा एक युवकको घाटी रेटेर हत्या गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ अमरावती स्थित जंगलमा एक युवकको हत्या भएको अवस्थामा शव भेटिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए अनुसार मृतक सोहि गाउपालिकाका २५ वर्षीय अरुण दास रहेका छन ।

उनका अनुसार मृतक घाँटी रेटेको अवस्थामा मृत फेला परेका हुन । प्रहारीको बिशेष टोली घटनास्थलमा पुगिसकेको र यस बिषयमा थप अनुसन्धान भईरहेको जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ००:०७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।