नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । कांगे्रसको ६ वटा प्रदेशहरुमा अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश २ को भने अधिवेशन रोकिएको थियो ।
सर्लाहीलगायतका केहि जिल्लामा विवाद समाधान नहुँदा अधिवेशन रोकिएको थियो ।
विवाद जटिल बन्दै गएपछि पार्टीको महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरीएको थियो । अब विवाद समाधान गरेर यहि पौष ६ र ७ गते अधिवेशन गरिने नेपाली कांगे्रसका एक नेताले जानकारी दिएका छन् ।





















प्रतिक्रिया