Logo

खेलकुद

युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहेम बाहिरियो



काठमाडौं । इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो ।

कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन पुगे पनि टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

जसकारण युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहम युरोपा लिगबाट बाहिरिएको हो ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०६:४९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।