Logo

समाचार

२९० जना नयाँ कोरोना संक्रमित थप,३ को मृत्यु



नेपालमा आज वितेको २४ घण्टामा २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा १७ हजार ८९ जनाको नमूना परीक्षण गर्दा २ सय ९० जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गदा २ सय ५२ र ४ हजार ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ३२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ लाख ४७ हजार ८ सय १४ जनाले लगाएका छन्।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १६:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।