Logo

खेलकुद

प्रिमियर लिगका दुई खेल स्थगित



काठमाडौं । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ ।

आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो ।

आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो ।

अरु खेलाडी र प्रशिक्षक पनि उच्च जोखिममा परेका कारण प्रतियोगिताका अरु खेल पनि रद्द हुन सक्ने बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०७:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।