Logo

शेयर बजार

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम २ अर्ब पुगेन



साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यो दिन नेप्से परिसुचक ४.७३ अंकको गिरावट आएको हो । आज दिनभर कारोबारमा आएका १९१ कम्पनीको ६९ लाख ९७ हजार ४ सय २० कित्ता सेयर कारोबार बिक्रि हुँदा १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।यसरी नै आज १२ वटा समूहको उपसूचकमा विकाश बैंक र फाइनान्स बाहेकका सबै उपसूचक घटेका छन् । यो दिन नेपाल फाइनान्सका लगानीकर्ताले अरु लगानीकर्ताले भन्दा बढी कमाएका छन् । यसका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका हुन् । 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : २२ बजे