Logo

खेलकुद

माघेसंक्रान्तिमा राइनासमा पालिकास्तरीय फुटबल प्रतियोगीता



माघेसंक्रान्तिको अवसरमा लमजुङको राइनास नगरपलिका-६ गौलीटारमा पालिकास्तरीय धमिलीकुवा फुटबल कप हुने भएको छ ।

गौलीटार क्षेत्रीय खेल मैदान समितिले माघे संक्रान्तिका अवसरमा उक्त प्रतियोगीता सञ्चालन गर्न लागेको हो ।

गौलीटारमा रहेको खेल मैदान जिल्लाकै ठूलो खेलमैदान भएकाले मैदानको प्रचार प्रसारका साथै जिल्लामा खेलाडी उत्पादन गरी खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेकाे समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले बताए ।

प्रतियोगीतामा पहिलो हुने टिमलाई एक लाख ५० हजार नगद, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई एक लाख नगद, मेडल र प्रमाणपत्र, सेमिफाइनालका उपविजेता दुई टिमलाई २५-२५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । सेमिफाइनल खेलदेखि म्यान अफ दि म्याच घोषणा गर्ने र उनीहरूलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई १०-१० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १६:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।