नेपालमा आज वितेको २४ घण्टामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा १२ हजार ५ सय ५६ जनाको नमूना परीक्षण गर्दा २ सय ६४ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गदा २ सय ४१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ लाख ८३ हजार २ सय ६५ जनाले लगाएका छन्।



















प्रतिक्रिया