Logo

कर्पोरेट फोकस

पिसीआर परिक्षण टेष्टको शुल्क ३ हजार ९  सय लिने संयुक्त निजी ल्याबको घोषणा



सरकारले कोरोना भाइरस कोभिड १९ परिक्षणको शुल्क घटाए पनी कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन नमान्ने बताएका छन् ।

आज ८ वटा निजी ल्याबहरुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति निकालेर पीसीआर टेष्टको शूल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने बताएका छन । पछिल्लो समय सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ ।
तर निजी प्रयोगशलाहरुले सरकारले तोके भन्दा बढी शुल्क लिदै आएका थिए । ३ हजार ८ सय ९९ सय शुल्क लिनेमा स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशा रहेको छन । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क कायम गरेको उनीहरुले बताएका छन ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : ३४ बजे